जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मूल्य प्रतितोला एक लाख पाँच सय

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आज सुन तोलामा ६ सय रुपैयाँले बढेको हो ।

जसअनुसार छापावाल सुनको आजको मूल्य प्रतितोला एक लाख पाँच सय तोकिएको छ। छापावाल सुन शुक्रबार प्रतितोला रु ९९ हजार नौ सयमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख छ। यसको मूल्य अघिल्लो दिन ९९ हजार चार सय रुपैयाँ थियो।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु १० ले वृद्धि भई प्रतितोला एक हजार ३८० पुगेको महासङ्घले जनाएको छ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ। हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार ७९३ दशमलव १३ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ।