बिरामी छोरीलाई भेट्न पुगेकी धनसरी मणिपाल शिक्षण अस्पताबाट खसेर मृत्यु
जन्मभुमि खबर ,
पोखरा ।
पोखरा-११ फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालबाट खसेर एक महिलाको मृत्यु भएको छ ।
मुटुसम्बन्धी विरामी भएर भर्ना भएकी छोरालाई भेट्न पुगेकी पोखरा-१८ सराङकोटकी अन्दाजी ६५ वर्षीय धनसरी घर्तीको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीकाअनुसार धनसरीकी छोरी पूर्णकुमारी केही दिनदेखि मुटुसम्बन्धी समस्याका कारण मणिपालमै उपचाररत थिइन् ।
छोरी भेट्न पुगेकी धनसरी मणिपाल शिक्षण अस्पतालको तेस्रो तलाबाट खसेकी थिइन् र उनको तत्कालै मृत्यु भएको प्रहरीले जनाएको छ ।