जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा २५ हेमजास्थित हनुमानचोकमा जीप दुर्घटना हुँदा तनहुँकी बसन्ती मगरको मृत्यु , १ जना घाइते

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिका २५ हेमजास्थित हनुमानचोकमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

पर्वतबाट पोखरा आउँदै गरेको ग २ च २६८४ नम्बरको बोलेरो जीप आज (शुक्रबार) बिहान १: २० बजे हेम्जामा दुर्घटनामा हुँदा तनहुँको व्यास नगरपालिका ५ बाह्रबिसे घर भई पोखरा १० शिवचोक बस्ने ३७ वर्षिया बसन्ती मगरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काका अनुसार जीपले अनियन्त्रित भई दायाँतर्फको विद्युतको पोलमा ठक्कर दिएको थियो । ठक्करपछि घाइते मगरको उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुर्याउदा डाक्टरले मृत घोषणा गरेको इन्सपेक्टर खड्काले बताए ।

दुर्घटनामा परि म्याग्दी मंगला गाउँपालिका १ घर भई पोखरा महानगरपालिका १९ लामाचौर
बस्ने ४७ वर्षिय गजेन्द्र पुन घाइते भएको जानकारी दिए । ‘दुर्घटनबाट एक जनाको मृत्यु भएको छ भने अर्काे एक जना घाइते हुनुहुन्छ । उहाँको अवस्था मध्ययम छ, इन्सपेक्टर खड्काले भने, ‘अहिले गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।’

दुर्घटनापछि चालक फरार रहेको बताउदै खोजी कार्य तिब्र पारेको उनले बताए । ‘तीन जना रहेको सो गाडिको चालक फरार छन्, उनको खोजीकार्य तिब्र पारेका छौ ।’ खड्काले भने ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सो जीप पर्वतबाट सुन्तला खरिद गरेर आज बिहान पोखरा फर्किएको थियो ।