पोखरामा भोलिदेखी सडक महोत्सव
पोखरामा आगामी बुधबारदेखि २४ औँ संस्करणको सडक महोत्सव हुँदैछ ।
‘सडकमा नै खाऔं सडकमा नै रमाउँ’ भन्ने नारासहित हुँदै आएको महोत्सवको यो संस्करणको तयारी सकिएको आयोजक रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान) पोखराले पत्रकार सम्मेलन गरेर जानकारी दियो । महोत्सव १७ पुससम्म चल्ने छ ।
महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शन तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, विभिन्न जातिका नाच, रात्रिकालीन कन्सर्ट, डुंगा दौड, वेटर–वेटरेस दौड, डोरी तान्ने प्रतियोगितालगायत हुने रेवान पोखरा अध्यक्ष नरेश भट्टराईले जानकारी दिए ।
महोत्सव पोखराको बैदाम चौकीदेखि हल्लनचोकको ३ किलोमिटर क्षेत्रमा हुनेछ ।
महोत्सवमा प्रजापति पराजुली, चोलेन्द्र पौडेल, शिवहरी ढुंगाना, सुरेन्द्र गुरुङ, खेम सेन्चुरी, शंकर विरही गुरुङ, निश्चल दवाडी, बद्री पंगेनी, प्रेमराजा महत, बबिता बानियाँ जेरी, कुमार पुन, राजन कार्की, शान्ति श्री परियार, पुरुषोत्तम न्यौपाने, तारापती सुवेदी, सम्झना भण्डारी, श्याम राना, कृष्ण अखेली, पार्वती जिसीलगायतको गायन रहने छ ।
दीपक थापा, राजा राजेन्द्र, युवराज भण्डारी, राजेन्द्र नेपालीको हाँस्य व्यंग्य रहने अध्यक्ष भट्टराईले जानकारी दिए ।
रातमा अनुप्रस्थ, कोभ वेभ, सबिन राई, लाउरेको प्रस्तुति रहने छ । स्थानीय ब्याण्ड पनि स्टेजमा प्रस्तुत हुने छ