जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कोरोनाको जोखिम बढ्नेको भन्दै भिडभाड नगर्नू मास्क र स्यानिटाइजर अनिवार्य गर्न गृहको आग्रह

सरकारले कोरोना संक्रमणको जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै छिमेकी मुलुकमा कोरोनाको बीएफ ७ भेरियन्ट फैलिएको र त्यो निकै संक्रामक रहेको भन्दै नेपालमा पनि सावधानी अपनाउनुपर्ने बताएको छ । तर, हालसम्म नेपालमा कोरोनाको यो भेरियन्ट पुष्टि भने भइनसकेको मन्त्रालयले जनाएको छ ।

उत्तरी छिमेकी मुलुक चीनमा कोरोनाको बीएप ७ भेरियन्ट पुष्टि भएसँगै कोरोनाको लहर अनियन्त्रित रुपमा फैलिएको छ । सो भेरियन्ट निकै संक्रामक रहेको र खुला सीमा कारण नेपालमा सो भेरियन्ट फैलिन सक्ने भन्दै मन्त्रालयले मास्क, स्यानिटाइजर र सामाजिक दूरीको पालना गर्न आग्रह गरेको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिकस्थलमा अनिवार्य मास्क लगाउन अनुरोध गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित गरी छिमेकी देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट बिएफ–७ को सङ्क्रमण बढ्दै गएको भन्दै मास्क लगाउन आग्रह गरेको हो ।

मन्त्रालयले भौतिक दूरीसमेत कायम गर्न पनि आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा डा. सञ्जयकुमार ठाकुरद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा स्यानिटाइजरको प्रयोग गर्न, नियमितरूपमा साबुनपानीले हात धुनेलगायत स्वास्थ्यका सबै मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरिएको छ । यसैगरी कोभिड–१९ को बुस्टर डोज खोप लगाउन पनि अपिल गरिएको छ ।