जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

जापान गो जुरियो कराते डो. मिसन संघ ,नेपालको सेमिनार सम्पन्न

जापान गो जुरियो कराते डो. मिसन संघ ,नेपाल द्धारा आयोजित सेमिनार पोखरा रंगसालामा सम्पन्न भएको छ ।    कार्यक्रम्मा राष्ट्रिय खेलकुद परिषदका केन्द्रिय सदस्य राजेश  कुमार गुरुङ्ग प्रमुख अतिथियमा रुपमा हुनुहुन्थ्यो भने विशिष्ट अतिथिका रुपमा जापान गोजुरियो कराते डो मिसन ,इन्टरनेशनल ,जापान संस्थाप “Hansi” Kenshu Hideo watanabe ,9th Dan  रहनुभएको थियो ।हान्सीले नेपालमा यही कात्तिक १८ देखि २५ गते सम्म नेपालका राष्ट्रिय खेलाडी तथा प्रशिक्षकहरुलाई नयाँ निति नियम र नयाँ पाठयक्रमको बारेमा जानकारी दिने उदेश्यले उक्त सेमिनार आयोजना गरिएको जापान गोजुरियो कराते डो मिसन कास्कीका अध्यक्ष देवराज सुनारले जानकारी दिनुभएको थियो ।      कार्यक्र लुम्बिनीमा पनि हुने जनाइएको छ ।सेमिनारमा हान्सीले प्रशिक्षार्थीलाई प्रशिक्षण दिनुका साथै शुभकामना पनि व्यक्त गर्नु भएको थियो । सो कार्यक्रम्मा कास्की जिल्ला संघका सचिव सन्तोषि सुनारले गरेकी थिईन ।