जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्की ३ का उम्मेदवार याेगराज पाैडेललाई मत किन ?

राष्ट्रिय स्वतन्त्र पार्टी कास्की क्षेत्र नंः ३ काे प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार याेगराज पाैडेलकाे जन्म कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका अन्तगत साबिक धिताल वडा नं ४ मा पिता नरपति पाैडेल र माता दिल कुमारी पाैडेलकाे काेखबाट वि.स.२०३८ साल साउन महिनाकाे २ गते ठुलाे कान्छाे छाेराका रूपमा जन्मिएका हुन ।

सानै उमेर देखि सामाजिक भावनाले ओतप्रोत हुनु भएका पाैडेल गरिब,विपन्न,टुहुरा र असहाय बालबालिकाहरूकाे लागि गाँस,बास,कपास सँगै शिक्षा प्रदान गराउने उदेश्यले विगत केही बर्ष देखि ओहि खुसी नेपाल फाउन्डेसनकाे तर्फबाट योगदान पुर्याउदै आउनु भएकाे छ ।

हक्की स्वभाबका उनी आगामी मंसिर ४ मा हुन गइरहेको संघिय निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले कास्की क्षेत्र नंः ३ काे प्रतिनिधि सभा सदस्य उम्मेदवार बनाएकाे छ ।जसमा उनका जम्माजम्मी ३१ वटा प्रतिबद्धता प्रस्तुत गरेका छन । जसमध्ये शिक्षा,स्वास्थ,राेजगार,पर्यटन र भ्रष्टाचारकाे बिषयमा बढी जाेडदारका साथ प्रतिबद्धता प्रस्तुत गरेका हुन ।

राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ पार्टी दर्ता गरि पहिलाे पटक प्रदेश र संघको चुनावमा प्रतिस्पर्धा गर्न लागेको तर पुराना राजनितिक शक्तिबाट पार लगाउन नसकेकाले आफ्नो उम्मेदवारी रहेकाे र घरदैलाेबाट निकै ठुलाे हाैसला मिलेकाे पाैडेलले बताए ।