जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

२२ औं संस्करणको आहा ! रारा गोल्डकप आगामी पुस १२ गतेदेखि

जन्मभुमि खबर ,
पोखरा ।

सहारा क्लब पोखराको आयोजनामा बर्सेनि हुँदै आएको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको मिति तय गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी पुस १२ देखि २३ सम्मका लागि मिति दिएको हो ।

एन्फाले मिति दिएसँगै आयोजकले ‘आहा ! रारा गोल्डकप–२०७९ फुटबल प्रतियोगिताको (क्याराभाना गोल्डकपसहित) २२ औं संस्करण’ तयारीमा जुटेको सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले बताए ।

पोखरा रंगशालामा हुने राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरको अन्तरक्लब आमन्त्रित प्रतियोगितामा ए डिभिजन क्लब, विभागीय क्लब र विदेशीसहित मोफसलका टिमहरु र आयोजक सहारा क्लब पोखरा टिम सहभागी हुनेछ १२ टिमले भाग लिने छन् ।

प्रतियोगिको मुख्य प्रायोजक सदाझैं हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ रहेको छ । अफिसियल बैंक लुम्बिनी विकास बैंक, सहयोगी संस्था राष्ट्रिय खेलकुद परिषद,प्रदेश खेलकुद परिषद गण्डकी रअखिल नेपाल फुटबल संघ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति कास्की÷कास्की जिल्ला फुटबल संघ, सहारा यु.के., सहारा क्लब हङ्गकङ्ग, सहारा क्लब अष्ट्रेलिया समेतको बिशेष सहयोग र पोखरा महानगरपालिकाको संयोजनमा क्लबले यस प्रतियोगिताको आयोजना गर्ने लक्ष्य लिएको छ ।

यस्तै, राष्ट्रिय खेलकुद परिषद्, एन्फा, सहारा युके, सहारा क्लब हङकङ, सहारा अष्टे«लियाको विशेष सहयोग रहनेछ । विगतमा झैं सहारा युकेले उत्कृष्ट ५ विधा, म्यान अफ दि म्याच र मेडल प्रायोजन गर्नेछ ।

गत संस्करणको उपाधि विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लब हो । गत वर्ष २० औं आहारारा गोल्डकपको फाइनलमा मनाङ मस्र्याङ्दी क्लबलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै एपिएफले पहिलो पल्ट उपाधि चुमेको हो ।