सर्वोच्चको अल्पकालीन आदेश– ‘नो नट अगेन’ अभियन्तालाई कारबाही नगर्नु
सर्वोच्च अदालतले ‘नो नट अगेन’ सम्बन्धी रिटमा कारबाही अघि नबढाउन निर्वाचन आयोगलाई अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
सर्वोच्चका हरिप्रसाद फुयालको एकल इजलासले अल्पकालीन अन्तरिम आदेशमार्फत आयोगलाई कारण देखाउ आदेश दिएको हो ।
अदातलको आदेशपछि फैसलाको लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
सामाजिक सञ्जालमा ‘नो नट अगेन’ पेज बन्द गराउन निर्वाचन आयोगले निर्देशन दिएपछि सो निर्णयको विरुद्धमा अधिवक्ता दिनेश त्रिपाठी र अनिल आचार्य सर्वोच्चमा रिट दायर गरेका थिए । यसअघि आयोगले त्यस किसिमका पेज बन्द गर्न निर्देशन दिएको थियो ।