जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

राप्रपा कास्की क्षेत्र नंः १(ख) काे प्रदेश सभा सदस्य पदका उम्मेदवार डा.महेन्द्र बहादुर कार्की काे हुन ?

राष्ट्रिय प्रजातन्त्र पार्टी कास्की क्षेत्र नंः १(ख) काे प्रदेश सभा सदस्य पदका उम्मेदवार डा.महेन्द्र बहादुर कार्कीकाे जन्म पाेखरा महानगरपालिका वडा नं १० मा पिता अम्मर बहादुर कार्की र माता सरस्वती कार्कीकाे काेखबाट वि.स.२०२० साल माघ महिनाकाे २२ गते बुधबारका दिन जेठा सन्तानको रुपमा भएको हाे ।
सानै उमेर देखि सामाजिक भावनाले ओतप्रोत उनीले आफ्नो पढाइ पृथ्वीनारायण क्याम्पसबाट राजनितीक शास्त्र र अर्थशास्त्रमा स्नातक गरेका उनले भारत र क्यानडाबाट डाक्टर अफ नेचुराेपेथी र डाक्टर अफ याेगामा अध्ययन पूरा गरे ।

कार्की पाेखराको प्रतिस्ठीत व्यवसायी,समाजसेवी तथा राजनितीक व्यक्ति हुन ।दर्जन भन्दा धेरै संस्थाको संचालक र अनुभव बटुलेका कार्की अहिले पनि दर्जन भन्दा धेरै संस्थाहरूमा सल्लाहकार र सामाजिक भुमिकामा छन ।

राष्ट्रिय प्रजातन्त्र पार्टी कास्की क्षेत्र नंः १(ख) काे प्रदेश सभा सदस्य पदका उम्मेदवार डा.महेन्द्र बहादुर कार्कीले पाेखरा महानगरपालिका वडा नं: १०,१२,१३,१४,२८ र मादी गाउँपालिका वडाहरूमा प्रतिस्पर्धा गर्नुपर्ने छ ।

उनका प्रतिबद्धतामा शिक्षा,स्वास्थ,राेजगार,पर्यटन र भ्रष्टाचारकाे बिषयमा जाेड दिएका हुन ।राप्रपाकाे संगठन ह्याभी ओईट नेताहरूकाे भन्दा कम भएपनि आफुलाई चुनाव जिताउने कुरामा घरदैलाेबाट निकै ठुलाे हाैसला मिलेकाे कार्कीले बताए ।