जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बढ्यो सुनचाँदीको मुल्य

बुधबार नेपाली बजारमा सुन र चाँदीको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला १४ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा पुगेको छ भने तेजावी सुनको भाउ ९४ हजार ९ सय रुपैयाँ पुगेको छ।

बुधबार चाँदीको भाउ पनि प्रतितोला ३० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२९५ रुपैयाँमा कारोबार भइरहेको छ।