जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकी प्रदेशका भौतिकमन्त्री कुमार खड्का बर्खास्त

जन्मभुमि खबर ,
पोखरा ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कालाई बर्खास्त गरिएको छ ।

उनलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बर्खास्त गरेका हुन् । चुनावमा गठबन्धनलाई असहयोग गरेको र गठबन्धन जिताउन नलागेको भन्दै मन्त्री खड्कालाई बर्खास्त गरिएको हो ।

मुख्यमन्त्री पोखरेलको सिफारिसमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रीपरिषद् हेरफेर गरिएको सुचना निकालेका छन ।

कात्तिक २२ गतेपनि गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा सरसफाइ मन्त्री हरिशरण आचार्य बर्खास्त भएका थिए । तत्कालीन जनता समाजवादीबाट मन्त्री बनेका आचार्यलाई प्रचण्डविरुद्ध भोट मागेको आरोपमा बर्खास्त गरिएको हो ।