जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

अस्ट्रेलियाबाट प्रकाश दूतराजले भने ‘म केहि छिन हराउनु मर्नु हैन नि !’

गायक प्रकाश दूतराजले आफूले आत्महत्याको प्रयास नगरेको बताएका छन् ।

कार्यक्रमको लागि अस्ट्रेलिया गएका उनले आत्महत्याको प्रयास गरेको भन्ने समाचार सोमबार नेपाली मिडियामा आएपछि उनले मंगलबार विहानै सामाजिक सञ्जालमार्फत आफूले आत्महत्याको प्रयास नगरेको बताएका हुन्।

उनले भनेका छन्, ‘म केहिछिन हराउनु क मर्नु हैन नि!’

गलत बुझाइ र सूचनाका आधारका समाचार प्रकाशित भएको भन्दै उनले आफूलाई माया गर्नेहरूसँग क्षमा मागेका छन्।

उनले लेखेका छन्, ‘गलत बुझाई तथा सुचना को आधारमा प्रकाशित समाचारहरुले मलाई माया गर्नु हुने सदा आशीर्वाद दिनुहुने हजुरहरु सबै सबैमा पर्न गएको असर प्रति क्षमा माग्दछु।’

स्थानीय समयअनुसार आइतबार राति २ बजे उनी झुण्डिने प्रयास गरेको समाचार प्रकाशित भएको थियो। २० अक्टोबरमा अष्ट्रेलिया गएका दूतराजले आफू सुत्ने कोठामा झुण्डिने प्रयास गरेको समाचारमा उल्लेख गरिएको थियो।

छोटो समयमा चर्चा र लोकप्रियता कमाएका गायक हुन्, दूतराज। उनले गाएका ‘घर कता हो बैनीको’, ‘जाम भो माइली’, ‘चोली मैलै भो’,  ‘रेलिमाई’ लगायत गीतहरू चर्चित छन्।