श्री मिलन चण्डिकालिका कृषि सहकारी संस्था लिमिटेड पोखरा २१ को छैटौं साधारण सभा सम्पन्न
श्री मिलन चण्डिकालिका कृषि सहकारी संस्था लिमिटेड पोखरा २१ को छैटौं साधारण सभा सम्पन्न भएको छ। पोखरा महानगरपालिका वडा नम्बर २१ का वडा अध्यक्ष दिपक प्रसाद सवेदीको प्रमुख अतिथियमा भएको थियो। कार्यक्रम बोल्दै प्रमुख अतिथि सुवेदीले वडाकै ठुलो र कृषिका क्षेत्रमा ग्रामीण ठाउँमा रहेर जनतालाई सेवा दिन खोलिएकोमा खुशि भएको र यश संस्थाले आगामी दिनमा आफुलाई नमुना काम गरेर अगाडी बढन सकोस् भने कुरा राख्नु भएको थियो। कार्यक्रम तरकारी ,फलफुल , मौरी ,बाख्र,कुखुरा तथा भैसी पाल्न गर्ने किसानहरुलाई सम्मान गरिएको थियो।
सम्मान हुनेमा जेष्ठ नागरिक तर्फ आईतु माया गुरुङ्ग, मौरी पाल्न फलफुल तथा तरकारी क्षेत्रमा अगुवा किसनको रुपमा समन बहादुर गुरुङ , भैसी पाल्न तर्फ टिकाराम जैसी देवकोटा ,व्यवसायीक तरकारी खेति तर्फ तिलक खड्का तथा धन बहादुर खत्री , महिला तर्फ कुखुरा तथा बाख्रा पाल्न मा कमला शर्मा खत्री ,माछा पाल्न तथा तरकारी खेति तर्फ धनु कार्किलाई सम्मान गरिएको थियो ।साथै एस ई ई तर्फ सर्वोत्कृष्ट अंक ल्याउने बिपिसा पौडेल , आशिम न्यौपाने तथा +२ तर्फ सक्षम देवकोटा र सिमर्न न्यौपाने साथै असल बचत कर्ता तर्फ भिमा सुवेदी सिग्देल तथा असल कारोबारी तर्फ सुमित्रा दमैलाई सम्मान गरेको हो।
कार्यक्रम रामदी एकहाते टोल विकास संस्थाका अध्यक्ष कृष्ण देवकोटा , सल्लाकार कर्ण बहादुर थापा,कल्छे खोला खाने पानी समिति अध्यक्ष तथा सहकारी का सल्लाहकार बिष्णु प्रसाद न्यौपाने , समाज सेवि ईन्द्र बहादुर खत्री, छो डाँडा एकहाते तमु समाज का अध्यक्ष रोक बहादुर गुरुङ , लगाएतले आफ्ना भनाई राख्नु भएको थियो । कार्यक्रम मा प्रशासनि तथा अध्यक्षको प्रतिवेदन अध्यक्ष क्या दिल बहादुर थापा,कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष भक्त बहादुर गुरुङ तथा लेखा प्रतिवेदन लेखा सयोजक राम प्रसाद सुवेदी गर्नु भएको थियो। कार्यक्रम स्वागत कोषाध्यक्ष भक्त बहादुर गुरुङले ,सहकारीका साता सिद्धान्त लेखा समिति सदस्ज्ञ सीता बराल तथा कार्यक्रम संचालन सचिव कविराज पौडेलले गर्नु भएको थियो।