सुनको मुल्य तोलामा तिन हजारले बढ्यो
बडादसैँ सकिएलगत्तै सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले वृद्धि भएको छ ।
दसैँ बिदा हुनुभन्दा अगाडि यही असोज १४ गते सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । दसैँ बिदापछि पहिलो कारोबार दिन आज (आइतबार) तोलामा तीन हजार रुपैयाँले बढेर प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन तेजाबी सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।
यस दिन चाँदीको मूल्य पनि तोलामा ८५ रुपैयाँ बढेर कारोबार भएको छ । असोज १४ गते चाँदी तोलाको एक हजार १७० रुपैयाँमा कारोबार भएको थियो । आज तोलाको एक हजार २५५ रुपैयाँमा करोबार भएको महासंघले जनाएको छ ।