जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

म्हेनिङको अवसरमा काेकाेम्हेन्दो साहित्य समाज पाेखराद्वारा आयाेजित गान्बा गान्सुम्ला काइरन एवं सम्मान कार्यक्रम सम्पन्न

विवेक न्याैपाने
तामाङ मौलिक सॅस्कृति म्हेनिङको अवसरमा कोकोम्हेन्दो साहित्य समाज पोखराको आयोजनामा ‘ गान्बा गान्सुम्ला काइरन एवम् सम्मान’ कार्यक्रम सम्पन्न भएको छ ।
‘हाम्रा वृद्ध-वृद्धा तामाङ मौलिक सॅस्कृतिका जीवित पुस्तकालय हुन्’ भन्ने नाराका साथ आयोजित कार्यक्रमको प्रमुख अतिथि ९२ वर्षीय ताम्बा म्हेमे श्री डिल बहादुर नेगीले छ्योमेमा दीप प्रज्वलन गरि विधिवत उद्घाटन गर्नम भएको थियो ।

सोही अवसरमा प्रमुख अतिथि ताम्बा म्हेमेले नयॅा पुस्ताले तामाङ परम्परागत मौलिक ज्ञान कति पनि ढिलो नगरि सिक्नु र लिनु सक्नुपर्छ भन्नुभएको थियो । यसरी यो वयोवृद्ध उमेर सम्मान पाउदा समुदायको निम्ति केही गरेको रहेछु भन्ने महसुस भएको छ भन्नु भयो ।

एकै थलोमा २८ जना ८० बर्ष नाघेका तामाङ वृद्ध-वृद्धाले खदा, सम्मान पत्र र दोसल्ला सम्मान स्वरुप ग्रहण गर्दै तामाङ लोक सॅस्कृति र लोकदर्शन साथै वहाहरुको जीवन अनुभूति आफ्नै शैलीमा प्रस्तुत हुदा कार्यक्रमका आगन्तुक र धेरै गान्बाहरु भावविभोर भएका थिए ।

कार्यक्रमका सभाध्यक्ष एवम् कोकोम्हेन्दो साहित्य समाज समाजका संयोजक दिपक वाईबा तामाङले यस ऐतिहासिक कार्यक्रम मार्फत् तामाङ मौलिक ज्ञान पुस्तान्तरणको निम्ति कोशेढुंगा साबित हुनेछ भन्ने विचार व्यक्त गर्नु भएको थियो ।

तामाङ वयोवृद्धहरुलाई भेला गराई लोकसंवाद मार्फत् मौलिक ज्ञानको उजागरण गराउनु यसरी सम्मान दिनु सम्भवत यस क्षेत्रमा समुदायभित्र नै पहिलो कार्यक्रम हो भन्दै दावा गर्नुभयो । अध्ययन, सिर्जना , वाचन र प्रकाशन भन्ने उद्देश्य बोकेर स्थापित कोकोम्हेन्द साहित्यले सोनाम ल्होछारमा तामाङ मातृभाषा कविता प्रतियोगिता समेत आयोजना गरिसकेको छ ।

कार्यक्रम सफल तुल्याउन समाजसेवी ननसुवा स्याङ्बो तामाङ र तामाङ बौद्ध सेवा समितिका अध्यक्ष एवम् फ्याफुल्ला महिला बचत तथा ऋण सहकारीका अध्यक्ष विष्णु योन्जन तामाङले ३ हजार बराबरको दोसल्ला प्रायोजन गर्नुभएको थियो । आयोजकको तर्फबाट धन्यवाद सहित मायाको चिनो प्रदान गर्नु भएको थियो ।

कार्यक्रम सन्चालन सचिव मिनमाया डुम्जन तामाङ र सदस्य पवित्रा थोकर तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो ।