जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा सराङकोटमा ६ करोडमा पञ्चमुखी गणेशको मुर्ति निर्माण हुदै

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा १८ सराङकोटमा पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले पञ्चमुखी गणेशको मुर्ति निर्माण गर्न लागिएको छ । करिब ६ करोडको लगानीमा साराङकोटको डाँडामा पञ्चमुखी गणेशको मूर्ति निर्माण गर्न लागेको हो ।

पञ्चमुखी गणेशको मूर्ति निर्माणको काम सुरु भइसकेको अन्नपुर्ण केबलकार निर्देशका तिर्थ त्रिपाठीले जानकारी दिए । ३० फिट अग्लो संरचनामा ३० फिट अग्लो मूर्ति स्थापना गरिने योजना रहेको बताए । उनले मूर्ति निर्माणको काम भारतमै हुने र त्यहाँबाट ल्याएर स्थापना गरिने बताए ।

करिब दुई अर्बको लगानीमा निर्माण भइ सञ्चालनमा आएको अन्नपूर्ण केबुलकार कम्पनीले नै पर्यटक आकर्षित गर्नका लागि मूर्ति स्थापनाको अगुवाइ गरेको छ भने सराङकोट धार्मिक एवं पर्यटन क्षेत्रविकास समितिको समन्वय गरेको छ । मूर्ति स्थापना हुने स्थानमा यसअघि कैलाशेश्वर महादेवको मन्दिर छ ।

केही महिना पहिले गणेशको मूर्ति स्थापना गर्न पोखराका मयेर धनराज आचार्यले शिलन्यास गरेका थिए । सराङकोटबाट पोखरा बजारको सुन्दर दृश्य, हिमाल, फेवाताल लगाएतका रमणिय दृश्य देख्न सकिन्छ । मूर्ति निमार्णका लागि सराङकोट धार्मिक एवं पर्यटन क्षेत्रविकास समितिले अन्नपुर्ण केबुलकारका अध्यक्ष कालु गुरुङको संयोजकत्वमा उपसमिति गठन गरेको छ ।

सराङकोट प्याराग्लाइडिङ गर्न, पोखरा केबलकार चढेर जान, सुर्योदय हेर्नका लागि पनि प्रख्यात छ । तल्लो तलामा फलामका पिल्लर बनाएर ढलान गर्ने र माथिल्लो भागमा करिबे मूर्ति बनाउने लक्ष्य रहेको छ ।