जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

चुनाव नलड्ने सभामुख सापकोटाको घोषणा

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले ४ मंसिरमा हुने प्रतिनिधिसभा चुनावमा आफू उम्मेदवार नबन्ने घोषणा गरेका छन् । उनले शनिबार पत्रकार सम्मेलन गरी उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।

चुनाव हार्ने डरले अन्तिम समयमा यस्तो निर्णय लिनुभएको हो ? भन्ने प्रश्नमा सापकोटाले भने,  ‘त्यस्तो बिलकुल होइन । मलाई चुनाव जित्न कुनै कठिनाइ थिएन । गठबन्धन पनि भएकाले चुनाव जित्ने निश्चित जस्तै थियो । तर, युवाहरूकै लागि भनेर यो पहलकदमी लिएको हुँ ।’

गठबन्धनमा सिन्धुपाल्चोक १ माओवादी केन्द्रको भाग परेको थियो । तर, कांग्रेसका मोहनबहादुर बस्नेतको पनि सोही क्षेत्र भएकाले भागवण्डा मिलाउन गठबन्धनलाई सकस भएको थियो ।

सापकोटाले उम्मेदवार नबन्ने घोषणा गरेसँगै सो निर्वाचन क्षेत्रमा कसको भागमा पर्छ र कसले टिकट पाउँछ भन्ने प्रश्न उठेको छ । सापकोटा २०७४ को चुनावमा सोही क्षेत्रबाट कांग्रेसका बस्नेतलाई पराजित गर्दै संसद छिरेका थिए ।