एमाले नेता घनश्याम भुसालद्वारा पार्टी परित्याग गरेको घोषणा
नेकपा एमाले नेता घनश्याम भुसालले पार्टी छाडेको घोषणा गर्नुभएको छ ।
प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेद्वारका प्रत्यासी भुसालले टिकट नपाएपछि पार्टी छोडेको घोषणा गर्नुभएको हो ।
सामाजिक सञ्जालमा लेख्दै नेता भुसालले पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने सम्भावना नदेखिएको भन्दै पार्टी छाड्ने निर्णयमा पुगेको उल्लेख गर्नुभएको छ ।
उहाँले अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने भएपछि पार्टीमा नरहने निष्कर्षमा पुगेको समेत स्ट्याटसमार्फत जानकारी दिनुभयो ।
पार्टी छोडेपछि भुसालले माओवादीबाट चुनाव लड्ने आकलन गर्न थालिएको छ ।