जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

एभरेस्ट एफएमले बुधबार आकस्मिक रक्तदान गर्ने

जन्मभुमि खबर ,
पोखरा ।

एभरेस्ट एफएमले आगामी बुधबार आकस्मिक रक्तदान गर्ने भएको छ । विभिन्न चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रम हुन नसक्दा पोखरामा रगतको अभाव भएको छ ।

अभाव हटाउन क्षेत्रिय रक्तसञ्चार केन्द्रको अनुरोधमा कार्यक्रमको आयोजना गर्न लागिएको एफएमले जनाएको छ ।

‘स्वस्थ जीवनका लागि रक्तदान, पुण्यका लागि रक्तदान’ भन्ने नाराका साथ आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको एफएमका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

उनले रगतको अभावमा आहत मनलाई राहत प्रदान गर्न रक्तदानमा सहभागी हुन आग्रह गरे । एफएमले गत वर्ष आफ्नो वार्षिकोत्सवका अवसरमा आयोजना गरेको रक्तदानमा १ सय ८६ युनिट रगत संकलन भएको थियो । जसमा ४५ जनाले पहिलो पटक रक्तदान गरेका थिए ।

रक्तदानमा १७ देखि ६० वर्ष उमेर समूहका ४५ केजी भन्दामाथि तौल भएका कुनै पनि दीर्घरोगको औषधी सेवन नगरेका र संक्रामक रोग नलागेका स्वस्थ मानिस सहभागी हुन सक्छन् ।

रक्तदान गर्नाले शरिरमा नयाँ रक्तकोष उत्पादन भई स्वास्थ बनिने, हृदयघात र क्यान्सरको खतरा कम हुने, क्यालोरी कम भई शरिरको तौल घटाउन सहयोग पुग्ने बताइन्छ ।