जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा १५ अन्तर विद्यालय सडक दौड प्रतियोगिताकाे सम्पन्न

विवेक न्याैपाने
पोखरा महानगरपालिका वडा नं. १५ द्वारा आयोजित अन्तर विद्यालय सडक दौड प्रतियोगिता छात्रतर्फ हिमालय लाइफ नेपालका राज परियार र छात्रातर्फ सिद्ध माविकी श्रेया मगरले जितेकी छन् । संविधान दिवसको अवसरमा आयोजित प्रतियोगितामा वडा भित्र बाट १८ विद्यालयका २५० जना विद्यार्थी सहभागी थिए ।

प्रतियोगितामा छात्रातर्फ सिद्ध माविकै सोनीका परियार द्वित्तीय, भ्यू प्वाइन्ट स्कूलकी सजिना सुनार तृतीय, सिद्ध माविकी रचना चौधरी चौथो बन्न भने केल्स एकेडेमीकी अश्विनी पौडेलले सान्त्वना प्राप्त गर्न सफल भइन् ।

यता, छात्रतर्फ सिद्ध माविका विवश रेग्मी द्वित्तीय, हिमालय लाइफकै विजय विक तृतीय, शुभ तारा थ्री एञ्जल्सका आशिष घले चौथो र सिद्ध माविका विवेक गुरुङले सान्त्वना प्राप्त गरे । विजयी प्रतियोगीले क्रमशः आठ हजार, सात हजार, ट हजार र तीन-तीन हजार नगद पुरस्कार प्राप्त गरे ।

यसअघि कार्यक्रम शुभारम्भ गर्दै पोखरा महानगरकी उपप्रमुख मञ्जु देवी गुरुङले धेरै पहिलेदेखि धेरै संविधान बने पनि ती संविधान जनताको पक्षमा नरहेको र विभेदकारी रहेको कारण जनताको सङ्घर्ष र बलिदानी पश्चात् नेपालको संविधान २०७२ ल्याउन सफल भएको बताउनु भयाे ।उहाँले २०७२ सालको संविधानमा टेकेर नै आज हामी लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था रहेको भन्दै यो संविधानको रक्षा गर्ने, सफल बनाउने र यो शासन व्यवस्थालाई स्थापित बनाउने काम पनि हामी सबैको जिम्मेवारी रहेको स्पष्ट पार्नु भयो ।

वडाध्यक्ष तोरण बहादुर बानियाँले पूर्वाधारमा मात्र सीमित रहेर मानवीय विकास नहुने भन्दै अबको विकास
शिक्षा,स्वास्थ्य,खेलकुद, महिला उद्यमशीलता र युवा स्व-रोजगारलाई जोडे मात्र मानवीय विकास सम्भव हुने बताउनु भयाे ।

वडासदस्य आशिष भण्डारीले संविधान दिवसको अवसर पारेर विद्यार्थीहरू बिच आयोजना गरिएको यस सडक दौड प्रतियोगिताले समाजमा सकारात्मक प्रभाव पार्ने बताउनु भयाे ।

कार्यक्रमको संचालन भने साेही वडाका सचिव प्रमोद गुरुङले गर्नु भएको थियो ।