गण्डकी प्रदेश सहित केहि प्रदेशमा भारी वर्षाको सम्भावना
देशका विभिन्न भू–भागमा गएराति देखि नै पानी परिरहेको छ । गण्डकी ,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भू–भागमा सामान्यदेखि पूर्ण बदली ररी बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी ,वाग्मती , लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी ,वाग्मती,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
विभागले आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशहरूका थोरै स्थानहमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागको भनाइ छ ।