नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध
२३ घण्टापछि संचालनमा आएको नारायणगढ–मुग्लिन सडक खण्ड पुन:अबरुद्ध भएको छ । पहिरोका कारण सडक खुलेको साढे चार घण्टा पछि नै पुनः अवरुद्ध भएको हो । ।
सोमबार राती ११ बजे देखि बन्द भएकाे सडक मंगलबार राती ९:४० बजेतिर संचालनमा आएको थियो । भरतपुर महानगरपालिका-२९ नारायणगढ-मुग्लिन सडक खण्डको केरावारी (मौरी खोल पुल नजिकै) बर्षाको कारण माथीबाट लेदो सहितको पहिरो खसेर अहिले पुनः दुबैतर्फ सडक अवरोध भएको छ ।
हिजो पनि सोही ठाउँमा पहिरो गएको थियो । रातिको पहिरोका कारण नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको एक ईण्डियन मिनी ट्रकको पछाडीको चक्का सामान्य रुपमा पुरिएको छ । माथीबाट झरेको लेदोमा चक्का फस्न गई पुरिएपनी मानिसहरु बाहिर निस्किसकेकाले कुनै मानवीय क्षती भएको छैन ।
अहिले बाटो खुलाउने पहल भइरहेको छ । सडक अबरुद्ध हुँदा यात्रुहरू सडकमै अलपत्र परेका छन् ।