जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

नेपाल टी-२० लिगलाई आईसीसीले दियो मान्यता

क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)ले आयोजना गर्न लागेको नेपाल टी-२० लिगलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले आधिकारिक मान्यता दिएको छ ।

क्यानले एक विज्ञप्ति जारी गर्दै नेपालटी-२० देशकै पहिलो र एक्लो आधिकारिक टी-२० क्रिकेट लिएको जानकारी दिएको छ । विज्ञप्तिमा प्रतियोगिताको पहिलो संस्करण आगामी २४ सेप्टेम्बरदेखि २२ अक्टोबरमा काठमाडौँमा हुने पनि जानकारी दिइएको छ ।