जन्म दिनको अवसरमा रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडद्वारा बीमा लेख उपहार प्रदान।
पोखरा। पछिल्लो समयमा मानिसहरू जन्म दिन, अलि फरक तरिकाले मनाउदै आएको पाईन्छ । अहिलेको समयमा प्रायजसो मानिसहरुले उपहार स्वरुप बीमा पोलिसी दिने गरेका छन् । बिमा ब्यवसाय क्षेत्रमा नयाँ कम्पनी भए पनि पुराना धेरै कम्पनीलाई विभिन्न सुचकहरुमा पछि पार्दै आएको रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडको पोखरा शाखा द्वारा पोखरा ११, फुलबारी निवासी बिनोद गर्बुजा पुन को जन्मदिनको अबसर पारी जीवन बिमा लेख उपाहार प्रदान गरेको छ ।