जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सामान्य बढ्यो सुनचाँदी को मुल्य

नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोलामा २ सय रुपैयाँले बढेर ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार प्रतितोला सुनको मूल्य ९४ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस्तै  आज तेजावी सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम गरिएको छ।

सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ।

आज चाँदीको मूल्य १० रुपैयाँले बढेर ११ सय ८५ पुगेको छ । कारोबारको अन्तिम दिन शुक्रबार चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा खरिदबिक्री भएको थियो।