जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

साढे दुई प्रतिशतसम्म बढ्यो सार्वजनिक गाडीको भाडा

सार्वजनिक गाडीको भाडा बढेको छ । सोमबारै लागू हुने गरी सार्वजनिक गाडीको भाडा बढेकाे यातायात व्यवस्था विभागले जानकारी दिएको छ । अन्तर प्रदेश, यात्रुवाहक तथा मालवाहक गाडीको भाडादर बढेको हो ।

यात्रुवाहक गाडीमा १.७९ प्रतिशतले भाडा बढेको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २.३४ प्रतिशत भाडा बढेको छ । तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २.६ प्रतिशतले भाडा बढेको छ । इन्धनको मूल्य पाँच प्रतिशतभन्दा बढी वा कम समायोजन भएसँगै गाडी भाडा पनि स्वचालित रुपमा समायोजन हुने गरेको छ।