जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

विद्युत सर्ट भएर पोखरा रंगशाला भित्रको कभर्डहलमा आगलागी

जन्मभुमि खबर ,

पोखरा ।

पोखरा रंगशाला भित्रको वहुउद्देश्यीय कभर्ड हलमा आगलागी भएको छ। खेल संचालन भइरहँदा विद्युत सर्ट भएर आगलागी भएको हो।

कभर्डहलभित्र सिक्स ए साइड महिला तथा पुरुष हक्कि खेल संचालन भईरहेको थियो। आगलागीपछि खेल स्थगति भएको छ। बारुणयन्त्रले आगलागी नियन्त्रण गर्ने प्रयास भईरहेको छ।