रवि लामिछानेविरुद्ध चुनाव लड्ने खेम भण्डारीको उद्घोष
कञ्चनपुरका पत्रकार खेम भण्डारीले पूर्व पत्रकार रवि लामिछानेविरुद्ध चुनाव लड्ने उद्घोष गरेका छन् ।
बुधबार उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछानेविरुद्ध चुनाव लड्ने घोषणा गरेका हुन्।
उनले लेखेका छन्, ‘एक नालिक छोरीको अस्मिता र प्राण हरण गर्ने राक्षसहरू र ती राक्षस बचाउने मतियारको गुलाम हो रवि लामिछाने
! त्यसैले रवि लड्ने क्षेत्रमा मेरो उम्मेदवारी रहनेछ ।’
न्युज २४ टेलिभिजनमा रहँदा लामिछानेले टेलिभिजनको दुरुपयोग गरेको पनि आरोप लगाएका छन् ।
निर्मला बलात्कार हत्या पछि रवि लामिछाने र खेम भण्डारीको सम्बन्ध चिसिएको थियो । उनीहरु एकले अर्कालाई घटना बङ्गाउन भूमिका खेलेको बताउँदै आएका थिए ।