बिहान २ बजेसम्म पब्जि अनि झुन्डिए खाल्टेमसिनाका १९ बर्षीय युवा
जन्मभुमि खबर ,
पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १४ खाल्टेमसिना स्थित जागृति मार्गमा एक जना झुन्डिएको अवस्थामा फेला परेको छ ।
स्याङ्जाको विरुवा घर भएका १९ वर्षीय राम गुरुङ भाडामा बस्दै आएका थिए । शनिबार राति २ बजेसम्म पब्जि खेलेर बसेका उनी सुत्ने बेलामा ट्वाइलेट जान कोठा बाहिर निस्केका थिए ।
घटनामा खटिएका कास्की प्रहरीका अनुसार आइतबार बिहान सोही घरको ट्वाइलेटमा झुन्डिएको अबस्थामा फेला भेटिएको हो ।
‘के भएर घटना घट्यो प्रहरीले अनुसन्धान गर्दै छ । अहिले मृत शरिरलाई पश्चिमाञ्चल क्षेत्रिय अस्पतामा पोष्टमार्टमका लागि लगिएको छ,’ घटनामा खटिएका प्रहरीले भने ।