जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा १३ का कृषकलाई कृषि सामाग्री वितरण

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिका वडा नं १३ आर्वा कसेरीका कृषकलाई आत्मनिर्भर बनाउन तथा कृषकलाई प्रोत्साहन गर्नका लागि कृषि सामाग्री वितरण गरिएको छ । पोखरा महानगरपालिकाको कृषि महाशाखासंग सहकार्य गरी आर्वाघारी कुलो उपभोक्ता समितिलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर, धान चुटने त्रिपाल लगायतका अन्य कृषिजन्य सामाग्री प्रदान गरिएको वडाध्यक्ष किरण बरालले जानकारि दिए ।