जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा विश्वविद्यालय क्रिकेट क्लबको नयाँ कार्यसमिति चयन

पोखरा विश्वविद्यालय क्रिकेट क्लबको अभिषेक यादवको अध्यक्षतामा चौथौ नयाँ कार्यसमिति चयन गरेको छ । मंगलबार पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसमा बसेको बैठकबाट यादवको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

क्लबको उपाध्यक्षमा विज्ञान कार्की, श्रद्धा बञ्जारा रहेका छन् । त्यस्तै सचिवमा जगदीश भण्डारी सह सचिवमा संदेश श्रेष्ठ चयन भए । यस्तै सदस्यहरूमा लोकेन्द्र चन्द, दीपेन्द्र शर्मा, सुबाश बास्तोला, तृष्णा देवकोटा, दिनेश चापागाईं साथसाथै वोमन कोर्डिनेटरमा दीपा तिवारी, एड्भाइजरी कमिटीमा  प्रशान्त भुसाल, विकल बराल, भुपेन्द्र भट्ट, संदेश रेग्मी चयन गरेको जानकारी पोखरा विश्वविद्यालय क्रिकेट क्लबका निवर्तमान अध्यक्ष भुपेन्द्र भट्टले जानकारी दिए ।

‘पोखरा विश्वविद्यालयको क्रिकेट क्लब लाई आफ्नो कार्यकालमा थप उचाइ दिने र क्रिकेटलाई विश्वविद्यालयमा प्रोत्साहन गर्न थप लगनशीलता साथ लाग्ने छौं । आउने दिनमा नयाँ कार्यक्रम र वार्षिक क्यालेन्डरसहित पोखरा विश्वविद्यालयमा क्रिकेटलाई थप उचाइ दिनेछौं,’ निर्वाचित अध्यक्ष अभिषेक यादवले भने ।