जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा महानगरपालिकाद्वारा सार्वजनिक शौचालय का लागि इच्छुक व्यक्ती वा संस्थालाई आह्वान

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिकाले सर्वसाधारणका लागि शौचालय उपयोग गर्न दिन इच्छुक व्यक्ती वा संस्थालाई सार्वजनिक आह्वान गरेको छ । पोखराका मुख्य शहरी क्षेत्रमा सार्वजनिक शौचालय नहुदा सर्वसाधारणलाई असहजता हुँदै आएको छ । महानगरले सार्वजनिक शौचालय निर्माणका लागि जग्गा नभएको व्यहोरा पनि उल्लेख गरेको छ ।

महानगरले शहरका मुख्य र व्यस्त सडकमा अवस्थित व्यक्तीका निजी घर, बैंक वित्तिय संस्था, होटल, रेष्टुरेण्ट लगायतका व्यावसायित, गैर व्यावसायिक वा पेशागत संस्था र कम्पनीले आफ्नो स्वामित्वका वा उपयोग गर्न दिन मिल्ने शौचालय सर्वसाधारणहरुलाई पनि प्रयोग गर्न दिनका लागि आह्वान गरेको हो ।

महानगरले शौचालय प्रयोग गर्न दिन मञ्जुर व्यक्ती वा संस्थालाई श्रावण मसान्त सम्म निवेदन दिन भनेको छ । त्यस्ता शौचालयमा आवश्यक पर्ने सफाइ एवम स्यानिटरी सामाग्री महानगरले लागत सहभागित जनाउने छ । आफ्नो शौचालय सार्वजनिक रुपमा निशुल्क उपयोग गर्न दिने व्यक्ती वा संस्थालाई महानगरबाट उपलब्ध हुने सेवा सुविधामा प्राथमिकता दिने गरि नीतिगत व्यवस्था गरिने पनि जनाइएको छ ।