पोखरामा आज ५ स्थानमा बुष्टर डोज खोप लगाइदै
जन्मभुमि खबर ,
पोखरा ।
पोखरामा आज कोरोना भाइरस विरुद्धको बुष्टर डोज खोप वितरण हुने भएको छ ।
पोखरा महानगरपालिकाभित्रका विभिन्न पाँच स्थानबाट खोप वितरण हुने स्वास्थ्य महाशाखाले जनाएको छ ।
पोखराको तल्लाकोट स्वास्थ्य चौकी कास्की, नयाँगाउँ, माटेपानी, भण्डारढिक स्वास्थ्य केन्द्रका साथै छोरेपाटन उच्च माविबाट खोप वितरण हुने बताइन्छ ।
एस्ट्राजेनेका, कोभिशिल्ड र भेरोसेल खोपको दोश्रो मात्रा लगाएको तीन महिना पूरा भएका र जन्सन खोपको एक मात्रा लगाएर तीन महिना पूरा भएका व्यक्तिलाई बुष्टर डोज दिइने भएको छ ।
खोप लगाउन जाने व्यक्तिलाई खोपकार्ड लिएर आउन आग्रह गरिएको छ ।