जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा आज १४ स्थानमा कोरोना विरुद्धको बुष्टर डोज खोप लगाइदै

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा आज पनि कोरोना भाइरस विरुद्धको बुष्टर डोज खोप वितरण हुने भएको छ ।

पोखरा महानगरपालिकाभित्रका विभिन्न १४ स्थानबाट खोप वितरण हुने स्वास्थ्य महाशाखाले जनाएको छ ।

शहरी स्वास्थ केन्द्र १ बगर , शहरी स्वास्थ केन्द्र २ बिन्ध्वबासिनी , शहरी स्वास्थ केन्द्र ३ नदिपुर , शहरी स्वास्थ केन्द्र ५ मालेपाटन , शहरी स्वास्थ केन्द्र ७ रत्नचोक , शहरी स्वास्थ केन्द्र १३ मियाँपाटन , शहरी स्वास्थ केन्द्र १५ कोलपाटन , शहरी स्वास्थ केन्द्र १७ बिरौटा , शहरी स्वास्थ केन्द्र १८ भकुण्डे, भलाम स्वास्थ चौकी , ठुलाखेत स्वास्थ केन्द्र पोखरा २३ , बास्कोट खोप केन्द्र पोखरा २४,भदौरे स्वास्थ चौकी र राखी स्वास्थ चौकी बाट खोप वितरण हुने बताइन्छ ।

एस्ट्राजेनेका, कोभिशिल्ड र भेरोसेल खोपको दोश्रो मात्रा लगाएको तीन महिना पूरा भएका र जोन्सन खोपको एक मात्रा लगाएर तीन महिना पूरा भएका व्यक्तिलाई बुष्टर डोज दिइने भएको छ ।

खोप लगाउन जाने व्यक्तिलाई खोपकार्ड लिएर आउन आग्रह गरिएको छ ।