जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराका मेयर धनराज आचार्यले गरे सम्पत्ति विवरण सार्वजनिक कुल सम्पत्ति ४३ करोड ६१ लाख

जन्मभुमि खबर ,
पोखरा ।

पोखराका मेयर धनराज आचार्यले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

मेयर आचार्यले आफ्नो करिब ५० करोड सम्पति रहेको र त्यसमा २ करोड ८५ लाख ऋण रहेको उल्लेख गरेका छन् ।
सार्वजनिक पद धारणा गरेको व्यक्तिले ६० दिनभित्र आफ्नो सम्पति विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान छ । मेयर आचार्यले ४ ठाउँमा घर जग्गा देखाएका छन् ।

मेयर आचार्यसँग ५ तोला हिरा, ५४ तोला सुन र ३८ तोला चाँदी रहेको उल्लेख गरेका छन् ।

यस्ताे छ मेयर आचार्यकाे सम्पत्ति विवरण:

–पोखरा–९ मा श्रीमती पुष्पाकुमारीको नाममा २८९ स्क्यार मिटर जग्गा र २ वटा घर मूल्यः ९ करोड २५ लाख

–काठमाडौं–४ सीता पाइलामा श्रीमती पुष्पाकै नाममा ९ सय २९ स्क्वायर फिट बराबरको २ कित्तामा घर, जग्गा ।
मूल्यः १ करोड ८५ लाख

–पोखरा–११ मा ३५ र ३६ कित्ताको जग्गा र घर
मूल्यः ३ करोड ५० रुपैयाँ

–दोलखामा ८ कित्तामा ५८ रोपनी ७ आना जग्गा
मूल्यः ८७ लाख रुपैयाँ

–बैंक तथा आफूसँग गरी १५ लाख नगद मौज्दात

–२५ करोड ९९ लाख ४५ हजार ६ सय १६ रुपैयाँ बराबरको सेयर र विभिन्न कम्पनीमा लगानी

–२ करोड रुपैयाँ बराबरको कार, भ्यान र ३ वटा स्कुटर

–कुल सम्पत्तिः ४३ करोड ६१ लाख, ४५ हजार ६ सय १६ रुपैयाँ

–ऋणः २ करोड ८५ लाख रुपैयाँ
–ऋणबाहेकः ४० करोड, ७६ लाख, ४५ हजार ६ सय रुपैयाँ

–५ तोला हिरा, ५४ तोला सुन र ३८ तोला चाँदी