जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराका पाँच वडाबाट आज कोरोना विरुद्धको खोप वितरण हुने

जन्मभुमि खबर ,
पोखरा पोखरामा आज २८ गते कोरोना भाइरस विरुद्धको बुष्टर डोज खोप वितरण हुने भएको छ । पोखरा महानगरपालिका वडा नं. १४, १५, १७, ७ र ११ मा खोप वितरण हुने स्वास्थ्य महाशाखाले जनाएको छ ।

एस्ट्राजेनेका, कोभिशिल्ड र भेरोसेल खोपको दोश्रो मात्रा लगाएको तीन महिना पूरा भएका र जन्सन खोपको एक मात्रा लगाएर तीन महिना पूरा भएका व्यक्तिलाई बुष्टर डोज दिइने भएको छ । खोप लगाउन जाने व्यक्तिलाई खोपकार्ड लिएर आउन आग्रह गरिएको छ ।