जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पछि हटे अर्थमन्त्री संसदमा बजेटमाथि छलफल हुने

जन्मभुमि खबर ,
पोखरा ।

बजेटको विवादका कारण सत्तापक्षमै सिर्जना भएको द्वन्द्वले संसदमा बजेटको छलफलसमेत हुन सकेको छैन । मुख्यमन्त्रीको निर्देशन र मन्त्रिपरषदको बैठकले निर्णय नै गरेको निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम बजेटबाट हटाएको, आफ्ना खल्तीको योजना हालेको, मन्त्रालयका योजना काटेको लगायतको आरोप अर्थमन्त्रीमाथि छ ।

मुख्यमन्त्री, मन्त्री, सत्ता पक्ष र विपक्षको दबाब र पार्टीले समेत निर्णय गरेपछि अर्थमन्त्री रामजी बराल पछि हट्ने भएका छन् । निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम फेरि बजेटमा छलफल गर्ने र अन्य मन्त्रालयबाट योजना काटिएका छन् भने अर्थ विविध शीर्षकबाट सम्बोधन गर्ने समझदारीपछि सोमबारदेखि बजेटमाथि छलफल हुने भएको हो ।

सोमबार दिउँसो १ बजेका लागि संसद बैठक बोलाइएको सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए । अब बजेटमाथि दफावार छलफल हुने छ । असार १ गते अर्थमन्त्री बरालले बराल ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट संसदमा पेश गरेका थिए ।