नागरिकता विधेयक फिर्ता
सरकारले प्रतिनिधिसभामा पुगेको नागरिकता विधेयक फिर्ता लिएर संशोधित विधेयक दर्ता गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यसअघि संसदमा दर्ता भएको नागरिकता विधेयक फिर्ता लिएर अर्को विधेयक दर्ता गर्ने निर्णय गरेको हो ।
‘प्रतिनिधिसभामा विचाराधीन नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिने निर्णय भएको छ । संशोधित विधेयक बुधबार पेश हुन्छ’, एक मन्त्रीले भने, ‘केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ साउन २२ मा प्रतिनिधिसभामा नागरिकता विधेयक दर्ता गरेको थियो ।’