जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

देशभर वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ।

आज (शनिबार) बिहान गण्डकी प्रदेश, बागमती प्रदेश १,प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो  पनि देशभर आंशिक देखि सामान्यत बदली रहनेछ। देशभरका पहाडी भू-भागका केही स्थानहरुमा  चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १, बागमती प्रदेश र  गण्डकी प्रदेशमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।