तनहुँमा सात जनामा डेङ्गुकाे सङ्क्रमण
तनहुँको दमौली अस्पतालमा सात जनामा डेङ्गुको लक्षण भेटिएको छ ।
अस्पतालमा उपचारमा आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणका क्रममा डेङ्गुका बिरामी भेटिएको हो।
पछिल्लो समय सङ्क्रमण जन्य बिरामीको चाप बढिरहेको बेला डेङ्गुका बिरामी पनि देखिएको दमौली अस्पतालका एमडिजिपी डा. राजु रानाले बताए ।
बिरामीमध्ये स्वास्थ्य परीक्षणका क्रममा डेङ्गुका बिरामी भेटिएको हो।
पछिल्लो समय सङ्क्रमण जन्य बिरामीको चाप बढिरहेको बेला डेङ्गुका बिरामी पनि देखिएको दमौली अस्पतालका एमडिजिपी डा. राजु रानाले बताए।
उनकाअनुसार दमौली अस्पतालमा दैनिक दुई सय भन्दा बढी बिरामी विभिन्न समस्याको लागि उपचारको लागि आउने गरेका छन्।
बिहीबार इमर्जेन्सीमा चार जना र ओपिडीमा तीन जनामा डेङ्गुका बिरामी भेटिएको उनले बताए।
एक सय डिग्रीभन्दा बढी ज्वरो आउने, आँखाको गेडी दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने, कमजोरी हुने डेङ्गुको मुख्य लक्षण हुने डाक्टर रानाले बताए।
अस्पतालमा ब्यास नगरपालिका वडा नं १०, १२, ५ र ३ लगायतका वडाका २० देखि ४० वर्ष उमेरका रहेका छन्।
जसमध्ये महिलाको सङ्ख्या अत्यधिक रहेको सो अस्पतालले जनाएको छ।