जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्ड सुरु , स्याङजाकी जानकी खरालले दुई स्वर्ण

जन्मभुमि खबर ,
पोखरा ।

प्रदेश स्तरिय राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७८ विहीबार देखि पोखरामा सुरु भएको छ । ‘राष्ट्रिय गरिमा र सामाजिक स्थान्तरणका लागि खेलकुद’ भन्ने मुल नाराका साथ खेलकुद परिषद गण्डकी प्रदेशको आयोजना पोखरा रंगशालामा दुइ दिने प्रतियोगिताको आयोजना गरिएको हो ।

उद्घाटन खेलमा १५ सय मिटर डौड प्रतियोयागितामा, छात्र तर्पm पर्वतका कृष्ण परियारले ४ मिनेट, २२ सेकण्डमा पार गरी प्रथम हुन सफल हुनुभएको छ । पर्वतका विकास पोख्रेलले ४ मिनेट २९ सेकण्डमा पार गरी दोस्रो हुनुभएको छ भने, कास्कीका विवेक परियारले ४ मिनेट ३२ सेकण्डमा पार गरी तेस्रो स्थान प्राप्त गर्न सफल हुनुभएको छ । त्यसै गरी छात्रा तर्फ स्याङजाकी जानकी खराल ५ मिनेट २६ सेकण्डमा पारी गरी प्रथाम स्थान हासिल गर्नुभएको छ । बाग्लुङकी पार्वती नेपालीले ५ मिनेट ४० सेकण्डमा पारी गरी दोस्रो स्थान हासि गर्नुभएको छ भने, नवलपुरकी यमुना थापाले ५ मिनेट ४५ सेकण्डमा पार गरी तेस्रो स्थान हात पार्न सफल हुनु भएको छ । उनीहरु प्रमाणपत्र सहित स्वर्ण, रजत र कास्य पदकबाट पुरस्कृत हुनुभएको छ । पुरस्कार वितरण गर्नुहुँदै, कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले रनिङशिलले ११ वटै जिल्लाका बालबालिकाहरुको प्रतिभालाई केन्द्रित गर्ने अपेक्षा राख्नुभयो ।

अन्तर्राष्ट्रिय खेलडीको रुपमा विकास गर्नका लागि जोड दिनुहुदै अधिकारीले प्रदेश, संघिय र स्थानिय सरकारको यस प्रति ध्यान जाने विश्वास व्यक्त गर्नुभयो । अफ्नो तर्फबाट खेल्नुपर्ने भुमिका निर्वाह गर्ने पनि उहाँको प्रतिवद्धता रहेको छ । गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले खेलकुदका लागि सरकारले २ प्रतिशत मात्र बजेट छुट्टयाएदिए विभिन्न खालका खेलकुदको प्रतिभाहरु प्रष्फुटन गराउनका लागि प्रसस्त प्लेट फर्म दिन सकिने बताउनुभयो । जसले गर्दा राष्ट्रिय झण्डा अन्तर्राष्ट्रिय रुपमा माथि उठ्ने उहाँले विश्वास दिनुभयो ।