जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकी प्रदेशसभाको माइक बनेपछि संसद बैठक पुन सुचारु  

जन्मभुमि खबर ,
पोखरा ।

माइक बिग्रिएपछि स्थगित भएको गण्डकी प्रदेश सभा बैठक पुनः सुरु भएको छ । बजेटमाथि छलफलको क्रममा माइकमा प्राविधिक समस्या आएपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक ३० मिनेटका लागि स्थगित गरेका थिए ।

बैठक पुनः सुरु भएपछि बजेटमाथि छलफल सूरु भएको छ । छलफलमा बोल्ने अधिकांश सांसदले मन्त्री, मुख्यमन्त्रीको बाआमाको नाममा ट्रष्ट खोलेर त्यसमा बजेट छुट्याउने कार्यको चर्को विरोध गरेका छन् ।

आइतवारको पहिलो बैठकमा अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले बजेटबारे जवाफ दिएका थिए ।