गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका जारी
जन्मभुमि खबर ,
पोखरा ।
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका जारीभएको छ ।
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजको आह्वानमा आज बसेको मूल आयोजक समितिको बैठकले प्रतियोगिता सञ्चालन निर्देशिका जारी गरेको हो ।
राष्ट्रिय खेलकुद मूल आयोजक समितिको अध्यक्षमा खेलकुदमन्त्री गहतराज र सदस्यमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई तोकिएको छ ।
२७ सदस्यीय मूल आयोजक समितिका सदस्य सचिवको जिम्मेवारी राखेप सदस्यसचिव टंकलाल घिसिङलाई नै रहने निर्देशिकामा उल्लेख छ । ३ महिना पछि गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि आवश्यक तयारी अघि बढाउन बैठक डाएिको हो ।
प्रतियोगिताका लागि बजेट समेत निकासा भएको र कुनै पनि हालतमा यस पटक प्रतियोगिता नरोकिने खेलकुदमन्त्री गहतराजले बताए ।
बैठक मा मन्त्री गहतराजसहित, राखेप सदस्य सचिव टंकलाल घिसिङ, सातै प्रदेशका सदस्य सचिव, विभागीय टोली र खेल संघका प्रतिनिधिहरुको उपस्थिति छ ।
२ वर्ष अघिनै आयोजना हुनुपर्ने नवौं राष्ट्रिय खेलकुद कोरोना जोखिमका कारण यस वर्षका लागि धकेलिएको हो । राखेपले यसअघिनै असोज २८ गते देखि कात्तिक ३ गतेसम्मका लागि प्रतियोगिताको मिति घोषणा गरिसकेको छ ।