गण्डकीका मुख्यमन्त्रीलाई कोरोना संक्रमण पुष्ठि
जन्मभुमि खबर ,
पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ ।
मंगलबार पीसीआर परीक्षण गराउँदा उनमा कोरोना पुष्टि भएको हो । उनलाई आाइतबारदेखि सामान्य रुघा लागेको साेमबार बिहानबाट हल्का ज्वरो आएको थियो ।
चिकित्सकका अनुसार उनलाई अहिले हल्का ज्वरो आइरहेको भएपनि अक्सिजनको मात्रा र छातीको अवस्था भने सामान्य नै छ ।
साेमबार नै उनले चिकित्सकसँग परामर्श लिएका थिए । मंगलबार बिहान स्वाब संकलन गरिएको थियो । मंगलबार साँझपख मात्र परीक्षणको रिपोर्ट आएको हो ।
चिकित्सकका अनुसार उनलाई अहिले हल्का ज्वरो आएपनि अक्सिजनको मात्रा र छातीको अवस्था सामान्य छ ।
बुधबार बिहान उनकाे थप स्वास्थ्य परीक्षण गरिने भएको छ ।
कोरोना संक्रमण बढेकोमा सतर्क रहन आग्रह गर्दै उनले मास्क, सेनिटाइजरको प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न अनुरोध गरेका छन् ।