जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीको अन्नपूर्ण गाउपालिकामा एउटै रूखमा पासाे लगायर झुन्डिएको अवस्थामा युवा र युवतीको शव फेला

जन्मभुमि खबर ,
पोखरा ।

कास्की जिल्ला अन्नपूर्ण गाउपालिका वडा न ७ पानी पाेखरी भन्ने स्थानमा एकजना युवा र युवती एउटै रूखमा पासाे लगाएर झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

मृत्यु हुनेमा काभ्रेपलान्चाेक बनेपा न पा १ घर भएकि २८ वर्षीय सुदीना कर्मचार्य र ३२ बर्षका दिवाकर थापा रहेका छन् । उनीहरुलाई नजिकै काे जङ्गलमा यउटै रूखमा पासाे लगायर झुन्डिएको अबस्थामा स्थानिएले देखेका थिए । घासपात गर्न गएका स्थानीयले ०८:०० बजे देखिपछि हिजाे नै प्रहरीलाई खबर गरेका थिए भने अाज नागडाडा प्रहरी पाेष्ठबाट नेपाल प्रहरीका प्रहरी नायव निरिक्षक जयलाल बुडाकाे कमान्डमा १/४ प्रहरीको टोली घटना स्थल पुगेको थियो ।

प्रहरीले शवको मुचुलका गरेर पाेष्ठमाटमकाे लागि गण्डकी हस्पिटल ल्याउदै गरेकाे र शव हेर्दा १०/१५ दिन कटीसकेकाे जस्तो देखीएकाे श्रोतले बताएको छ । त्यस्तै घटनास्थलमा उनीहरुको साथबाट नागरिकता भेटिएको छ भने मृत्युकाे कारण अहिलेसम्म खुल्न सकेको छैन र यस बिषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीले जानकारी दिएका छन् ।