जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आइतबार बकर इदको अवसरमा देशैभर सार्बजनिक बिदा

सरकारले आउँदो आइतवार देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । २६ गते आइतवार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजाहा) को दिन सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

यो वर्षमा हरेक वर्ष बिदा दिइँदै आएको र यो वर्ष पनि मुस्लिम आयोगको अनुरोधअनुसार बिदा दिइएको गृहका प्रवक्ता फणिन्द्रमणि पाेखरेलले जानकारी दिनुभयाे ।