जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

१७ दिन पछि अवरुद्ध पोखरा– सिक्लेस सडक खण्ड पुनः सञ्चालनमा

जन्मभुमि खबर ,
पोखरा ।

लगातार भारी वर्षाका कारण पोखरा–सिक्लेस सडक खण्डमा ठाउँठाउँमा पहिरो जाँदा अवरुद्ध बनेको सडकका पहिरो हटाइएपछि आज (बिहीबार)बाट पोखरा– सिक्लेस सडकखण्ड सञ्चालनमा आएको मादी गाउँपालिका वडा नम्वर १ का वडा अध्यक्ष देवीजंग गुरुङले बताए ।

गाउँपालिकाको वडा नम्वर ७, वडा नम्वर ६ चिप्ली र तप्राङको बीचमा र मादी १ को क्वोँदो खोलाको वारीपारी पहिरो जाँदा सडक अवरुद्ध भएको थियो ।

‘अहिले गाउँमा पोखरादेखि २ वटा गाडी आइसकेको छ, अवरुद्ध सडक सञ्चालनमा आएको छ’ उनले भने ‘सबैभन्दा ठुलो पहिरो मादी १ मा थियो त्यो पहिरो हटाइएपछि सडक सञ्चालनमा आएको हो ।’

मादी १ खिवाङ बस्तीमाथि जमिन भाँस्सिदा ४५ घर पहिरोको जोखिममा रहेका छन् । अहिले २६ घरलाई स्थानान्तरण गरिएको वडा अध्यक्ष गुरुङको भनाई छ । वर्षाको समय भएकाले प्राकृतिक विपत्तीलाई रोक्न नसक्ने भएकाले सबैलाई सजक रहन आग्रह गरिएको छ ।