जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

१२ वर्ष अघि कर्तब्य ज्यान मारी फरार भएका पोखराका कृष्ण पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

१२ वर्ष अघि कर्तब्य ज्यान गरी फरार प्रतिवादी कास्की पोखरा मनपा–४ का ३६ वर्षीय कृष्ण मिजारलाई प्रहरीले पक्राउ गरेको छ। उनसहितको समूहले  १९ कात्तिक ०६४ मा गोंगबूमा रबिन्द्रकुमार मल्लको हत्या गरेका थिए ।

सोही मुद्दामा उच्च अदालत पाटनले उनलाई  १८ असोज ०६७ मा १० वर्ष कैद सजाय सुनुवाई गरेको थियो। घटना लगतै फरार रहेका उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान पोखरा ब्यूरो (सिआईबी) ले फलेवासबाट पक्राउ गरेको थियो ।  प्रहरीका अनुसार उनले मल्ललाई  गोंगवु मित्रनगरस्थित सडकमा बाँसको भाटा, लात्ती, मुक्काले प्रहरी गरी सख्त घाइते बनाएका थिए। उनको उपचारका क्रममा  मृत्यु भएको थियो।