जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

स्याङ्जामा स्कुटर अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु

स्याङ्जाको गल्याङ नगरपालिका–८, चिउरीमा स्कुटर अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । पछाडि सवार व्यक्ति घाइते छन् ।

गए राति करिब पौने ११ बायाँटारी बजारबाट गल्याङतर्फ जाँदै गरेको ग१३प ६०७४ नम्बरको स्कुटर दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका चालक स्थानीय अन्दाजी १७ वर्षीय धनबहादुर थापा र पछाडि सवार भीरकोट नगरपालिका–२ का १८ वर्षीय असिम खाँणलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा पठाइएको थियो । उपचारका क्रममा थापाको राति साढे ११ बजे मृत्यु भएको जनाइएको छ ।

घाइते खाँणको सोही अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको जनाइएको छ ।